बलात्कार अभियुक्त ‘सिद्धबाबा’ साधारण तारेख माग्दै उच्च अदालतमा, चतरा आश्रमका तीनजना पदाधिकारीले राजीनामा दिए

काठमाडौं। सुनसरी जिल्ला अदालतबाट धरौटीमा छुटेका बलात्कार अभियुक्त ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी आफूलाई धरौटी नलिई साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च अदालत पुगेका छन्।

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई १४ पुसमा तीन लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

गिरीलाई पुर्पक्षका लागि थुनामा नपठाएर धरौटीमा छाड्ने आदेशको आलोचना भइरहेकै बेला गिरी साधारण तारेख माग गर्दै उच्च अदालत पुगेका छन्।

सुनसरी जिल्ला अदालतको आदेशविरुद्ध गिरीलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै उच्च सरकारी वकील कार्यालयले पनि उच्च अदालतमा पुनरावेदन गरेको छ।

“साधारण तारखेमा राखेर मुद्दाको पुर्पक्ष गरिपाउँ भन्दै कृष्णदासबाट निवेदन आएको छु”, उच्च अदालत विराटनगरका सूचना अधिकारी मणि पोखरेलले भने, “दुईवटै मुद्दालाई साथै राखेर लगाउमा राख्‍न मुख्य न्यायाधीशज्यूबाट आदेश भएको छ।”

उच्च अदालतले फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसारका निवेदनको सुनुवाइ प्रत्येक साताको बिहीबार गर्दै आएको छ। १८ पुसमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उच्च सरकारी वकील कार्यालयको पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले जिल्लाको आदेशको सक्कल मिसिलसहित कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको थियो।

सुनसरी अदालतबाट मिसिलसहितको कैफियत प्रतिवेदन प्राप्त भएपछि पक्ष र विपक्षबाट परेको निवेदनको सुनुवाइ हुने पोखरेलले जानकारी दिए।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम थुनछेक आदेशमा चित्त नबुझ्ने पक्षले एक तह माथिको अदालतमा पुनरावेदन गर्न सक्छ।

जन्मकैद, १० वर्ष वा सो भन्दा बढी कैद हुन सक्ने कसूरमा थुनछेक आदेश चित्त नबुझे एक तह भन्दा माथिको अदालतमा पनि पुनरावेदन गर्न सकिन्छ।

यही कानूनी व्यवस्थाअनुसार गिरीलाई धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरिएको हो।

कृष्णदासलाई सातदेखि १० वर्ष कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागदाबीसहित सुनसरी जिल्ला अदालतमा १० पुसमा मुद्दा दायर भएको थियो।

‘साधना’ प्राप्ति गराउने नाममा बलात्कृत भएपछि काठमाडौंकी एक महिलाले १० मंसीरमा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा कृष्णदासविरुद्ध जाहेरी दिएकी थिइन्।

त्यसपछि प्रहरीले पक्राउ गर्न खोज्दा बिरामी परेको भनि गिरी अस्पताल भर्ना भएका थिए।

अस्पतालमै बसेर मुद्दाको प्रतिरक्षा गर्ने अवसर पाएका गिरीलाई सुनसरी जिल्ला अदालतले नै थुनामा जानु नपर्ने आदेश दिएको थियो।

उनी २० पुसमा अदालतबाट डिस्चार्ज भएर चतरास्थित आश्रममा पुगेका छन्।

आश्रमका पदाधिकारीद्वारा राजीनामा

यसैबीच कृष्णदासको संरक्षकत्वमा सुनसरीको चतराको बराहक्षेत्रमा सञ्चालित रामानन्दचार्य सेवा पिठका पदाधिकारीहरुले राजीनामा दिन थालेका छन्।

पवित्र धाममा पवित्र भावनाले काम गर्नुपर्ने भए पनि 'साधु-सन्तको भेषमा घृणित काम गरेको' भन्दै महासचिव भेषराज घिमिरे, सचिव युवराज भट्टराई र सदस्य प्रल्हाद भट्टराईले राजीनामा दिएका हुन्।

"आफूलाई 'भगवान' ठानेर गलत काम गर्नेसँगै सती जान सकिन्‍न", राजीनामापछि घिमिरेले भने, "हामीले पीडित महिलासँग कृष्‍दासले मोबाइलमा बोलेको प्रत्यक्ष सुन्यौं। प्राचीन चतराधामकै अपमान भएको छ।"

राजीनामा बारेमा जानकारी गराउन २४ पुसमा गरिएको पत्रकार सम्मेलनमा आश्रम र कृष्णदासले गरेको गलत कुरा उठाउँदा उल्टै ज्यान मार्ने धम्की दिएको दाबी गरेका छन्।

पढ्नुहोस्ः

बलात्कारका अभियुक्त ‘सिद्धबाबा’ लाई धरौटीमा छाड्ने आदेशविरुद्ध पुनरावेदन

‘सिद्धबाबा’लाई छाड्न आदेश दिने न्यायाधीशलाई प्रश्न- ‘प्रेमरस’को सन्देश पठाउनु बलात्कारको निम्तो दिनु हो ?’

'सिद्धबाबा'लाई धराैटीमा रिहा गर्न अदालतको आदेश

अरु महिलालाई पनि रातिराति अश्‍लिल मेसेज पठाउँथे बलात्कारका अभियुक्त 'सिद्धबाबा'

एक महीनादेखि आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्धबाबा’, अस्पतालको बेडबाटै मुद्दा कमजोर पार्न चलखेल

'सिद्धबाबा'लाई कारबाही माग गर्दै अदालतमा महिलाको प्रदर्शन

'सिद्धबाबा'विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर

‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’