कोभिड-१९ संक्रमणबाट ५८ जना यातायात मजदुरको मृत्यु काठमाडौं।कोभिड-१९ संक्रमणबाट हालसम्म ५८ जना यातायात मजदुरको मृत्यु भएको छ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले तयार गरेको तथ्यांकअनुसार ५११ जना यातायात मजदुरलाई संक्रमण भएको छ।यीमध्ये करिब १५० जनाले अस्पतालमा र बाँकीले होम आइसोलेसनमा उपचार गराइरहेको संगठनका अध्यक्ष भीम ज्वाला राईले बताए। संगठनले प्रेस विज्ञप्ति प्रकाशित गरी कोभिड महामारीले पीडित मजदुरहरुलाई राहत, खोप र संक्रमितलाई उपचारमा सहयोग गर्न सरकारसँग माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्