काबुल विस्फोटमा पाँच जनाको मृत्यु एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको दुई फरक स्थानमा भएका विस्फोटमा परी पाँचजनाको मृत्यु भएको छ। काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट र त्यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ। घटनामा केही गम्भीर घाइते भएको त्यहाँको गृह मन्त्रालयले बताएको छ। यसै महिनाको सुरुमा काबुलमा भएका दुई विस्फोटमा १२ सर्वसाधारणको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्