काठमाडौं।  इरानसँग 'बिनासर्त गम्भीर वार्ता' गर्न अमेरिका तयार भएको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई पत्र लेख्दै अमेरिकाले वार्ताका लागि तयार भएको जनाएको हो। अमेरिकाले लेखेको पत्रमा 'अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानका कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्य'ले वार्ता गर्न तयार रहेको उल्लेख छ।

सुलेमानीको हत्या संयुक्त राष्ट्रसंघको बडापत्रको धारा-१५ बमोजिम उचित भएको तर्क पनि पत्रमा गरिएको छ। धारा-१५ मा कुनैपनि राज्यले आफ्नो रक्षा गर्ने अधिकार प्रयोग गरी गरेको कुनै पनि कारबाही तुरुन्तै सुरक्षा परिषद्लाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

राष्ट्रसंघमा पठाइएको पत्रमा आफ्ना सेना र चासोको रक्षार्थ आवश्यक परे अमेरिकाले थप कारबाही गर्नसक्ने लेखिएको छ। अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी समेत गरेको छ।

इरानले सुलेमानीको हत्याको बदलामा इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो। इरानले यो आक्रमणलाई आफ्नो रक्षार्थ चालेको कदम भनेको छ। इरानले पनि धारा-१५ कै आधारमा अमेरिकी सेनामाथि गरिएको आक्रमण उचित भएको दाबी गरेको छ।

" /> काठमाडौं।  इरानसँग 'बिनासर्त गम्भीर वार्ता' गर्न अमेरिका तयार भएको छ।

"> इरानसँग 'बिनासर्त गम्भीर वार्ता' गर्न अमेरिका तयार: Dekhapadhi
इरानसँग 'बिनासर्त गम्भीर वार्ता' गर्न अमेरिका तयार
काठमाडौं।  इरानसँग 'बिनासर्त गम्भीर वार्ता' गर्न अमेरिका तयार भएको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई पत्र लेख्दै अमेरिकाले वार्ताका लागि तयार भएको जनाएको हो। अमेरिकाले लेखेको पत्रमा 'अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानका कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्य'ले वार्ता गर्न तयार रहेको उल्लेख छ।

सुलेमानीको हत्या संयुक्त राष्ट्रसंघको बडापत्रको धारा-१५ बमोजिम उचित भएको तर्क पनि पत्रमा गरिएको छ। धारा-१५ मा कुनैपनि राज्यले आफ्नो रक्षा गर्ने अधिकार प्रयोग गरी गरेको कुनै पनि कारबाही तुरुन्तै सुरक्षा परिषद्लाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

राष्ट्रसंघमा पठाइएको पत्रमा आफ्ना सेना र चासोको रक्षार्थ आवश्यक परे अमेरिकाले थप कारबाही गर्नसक्ने लेखिएको छ। अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी समेत गरेको छ।

इरानले सुलेमानीको हत्याको बदलामा इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो। इरानले यो आक्रमणलाई आफ्नो रक्षार्थ चालेको कदम भनेको छ। इरानले पनि धारा-१५ कै आधारमा अमेरिकी सेनामाथि गरिएको आक्रमण उचित भएको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्