काबुलमा विस्फोट : पाँच जनाको मृत्यु एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा शनिबार अपराह्नमा भएको बिस्फोटमा परी पाँच जनाको मृत्यु भएको छ। काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो। त्यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ। घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते हुँदा संख्या बढ्न सक्ने त्यहाँको गृह मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्