तीन किलो नक्कली सुनसहित भारतीय नागरिक पक्राउ
<p>काठमाडौं। गोंगबु बसपार्कबाट तीन किलो नक्कली सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।</p>
<p>महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज बिहान पक्राउ गरेको हो ।</p>
<p>वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँड्दै गर्दा गुजरातीलाई पक्राउ गरिएको जानकारी दिए।</p>
<p>उनलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
