पाकिस्तानको ‘म्यांगो डिप्लोमेसी’ असफल एजेन्सी। पछिल्लो समय थुप्रै कुरामा असफलता झेल्दै आएको पाकिस्तानले चीन र अमेरिकालगायतलाई पठाएको आँप पनि अस्वीकार गरिदिएका छन्। पाकिस्तानले आफ्नो ‘म्यांगो इन्टरनेसनल रिलेसन्स’अन्तर्गत ३२ भन्दा बढी देशका प्रमुखलाई आँप उपहार पठाएको थियो। बुधबार पठाएको आँपको बाकस कोरोना नियमलाई दृष्टिगत गर्दै अस्वीकार भएको पाकिस्तान विदेश कार्यालयले बताएको छ। पाकिस्तानी राष्ट्रपतिका तर्फबाट खाडी मुलुक, रुस, टर्की, बेलायत, बंगलादेश, अफगानिस्तान, इरान पठाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्