काठमाडौं। जाडोयाममा वायु प्रदूषण बढी हुने र त्यसबाट उत्पन्न कण फोक्सो तथा रक्त प्रणालीमा सीधै प्रवेश गर्न सक्ने भएकाले अहिले राजधानीमा मुटुरोग, उच्च रक्तचाप, हृदयघात, फोक्सोको क्यान्सर, मस्तिष्कघातलगायतका रोग बढेको छ।
त्यसलाई कम गराउने उद्देश्यसहित सरकारलले काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ अघि सारेको छ।
हाल मन्त्रिपरिषद्मा निर्णयका लागि प्रस्तुत गरिएको सो कार्ययोजनामा राजधानीको वायु प्रदूषणले जनस्वासथ्य, अर्थतन्त्र तथा वातावरणमा पार्ने प्रभावको नियमित अध्ययन गरी त्यसको डाटाबेस हरेक वर्ष अद्यावधिक गर्ने उल्लेख छ।
त्यसैअनुसार वायु प्रदूषण न्यूनीकरणका उपाय अपनाउने पनि सरकारको तयारी छ।
“हामीले गत साता यो प्रस्तावित कार्ययोजनालाई मन्त्रिपरिषद्मा निर्णयार्थ पेस गरेका छौं”, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. सिनधुप्रसाद ढु्रगानाले बताए।
विश्वका अन्य देशहरूमा वायु प्रदूषण र मानव स्वास्थ्यको अन्तरसम्बन्धबारे अध्ययनहरू भएको छैन।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१५ मा गरेको एक अध्ययनले पीएम दुई दशमलब पाँचका कणहरूको अत्यधिक मात्राले राजधानी उपत्यकामा श्वासप्रस्श्वास र निमोनिया रोगी बढेको देखाएको थियो।
सन् २०१६ को विश्व स्वास्थ्य संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण राजधानीमा मात्र झण्डै १० हजार मानिसको मृत्यु हुने देखाएको छ।
" /> काठमाडौं। जाडोयाममा वायु प्रदूषण बढी हुने र त्यसबाट उत्पन्न कण फोक्सो तथा रक्त प्रणालीमा सीधै प्रवेश गर्न सक्ने भएकाले अहिले राजधानीमा मुटुरोग, उच्च रक्तचाप, हृदयघात, फोक्सोको क्यान्सर, मस्तिष्कघातलगायतका रोग बढेको छ।त्यसलाई कम गराउने उद्देश्यसहित सरकारलले काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ अघि सारेको छ।

">