७० दिनमा भारतमा सबैभन्दा कम कोरोना संक्रमित एजेन्सी। भारतमा लगातार पाँच दिन कोरोना संक्रमितको संख्यामा गिरावट आएको देखिएको छ। पछिल्लो २४ घण्टामा ७० दिनपछिकै सबैभन्दा कम ८४,३३२ संक्रमित भेटिएका छन्। भारतमा अहिलेसम्म कुल संक्रमित २,९३,५९,१५५ पुगेका छन् भने मृतकको संख्या ३,६७,०८१ पुगेको छ। कोरोना जित्नेको दर ९५.०७ प्रतिशत पुगेको छ। अब भारतमा सक्रिय संक्रमित ११ लाखभन्दा कम छन्। संक्रमण दर ४.३९ प्रतिशतमा ओर्लेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्