काठमाडौं। राष्ट्रिय सभाका लागि उम्मेद्वारी दर्ता गराएका कुनै पनि उम्मेद्वारले नाम फिर्ता लिएका छैनन्।
निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय निर्धारण गरिएको थियो। तर, कुनै पनि उम्मेद्वारले उम्मेद्वारी फिर्ता नलिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार अब राष्ट्रिय सभाका लागि उम्मेद्वारको अन्तिम नामावली भोलि, २४ पुसमा प्रकाशित गरिनेछ। भोलि बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ। यस्तै, दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गरिनेछ।
नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ। संविधानको धारा ८६ (३) बमोजिम राष्ट्रिय सभाको पहिलो कार्यकालमा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पद रिक्त हुन्छ। जसअनुसार आउँदो २० फागुनमा १९ सदस्यको पद सकिंदैछ। निर्वाचित १८ र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका एक जनाको पद २० फागुनमा सकिने छ।
पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने प्रवाधन अनुसार ९ माघमा निर्वाचन हुँदैछ ।
" /> काठमाडौं। राष्ट्रिय सभाका लागि उम्मेद्वारी दर्ता गराएका कुनै पनि उम्मेद्वारले नाम फिर्ता लिएका छैनन्।निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय निर्धारण गरिएको थियो। तर, कुनै पनि उम्मेद्वारले उम्मेद्वारी फिर्ता नलिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

">