भारतले दियो करिब २९ करोड रुपैयाँको चिकित्सा सामग्री काठमाडौं। भारतले शुक्रबार नेपाललाई १८ करोड भारु बराबरको चिकित्सा सामग्री दिएको छ।भेन्टिलेटर तथा एम्बुलेन्सलगायतका सामग्री भारतले दिएको हो। भारतीय राजदूत विनयमोहन क्‍वात्राले नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापालाई ती सामान हस्तान्तरण गरेका हुन्। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बीबीसी हिन्दीसँगको अन्तर्वार्तामा भारतले नेपाललाई दिनुपर्ने जति सहयोग नदिएको गुनासो गरेका थिए। कोरोनाबाट नेपालमा आठ हजार तीन सयभन्दा बढीको ज्यान गइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्