कोभ्याक्सिनलाई अमेरिकाले स्वीकृति दिएन बीबीसी। कोरोनाविरुद्धको भारतीय भ्याक्सिन कोभ्याक्सिनलाई अमेरिकाले अनुमति नदिने भएको छ। अमेरिकाको यो निर्णयपछि भारतको नीति आयोगका सदस्य डा.भीके पालले भने, "यो वैज्ञानिकहरुको विचार हो, हरेक देशका वैज्ञानिकमा केही-केही फरक बुझाइ हुन सक्छ। हामी अमेरिकाको यो निर्णयको सम्मान गर्छौं।" अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले भारतीय भ्याक्सिन अस्वीकृत गरेको हो। भारतले कोभ्याक्सिनको अनुमतिका लागि अमेरिकासँग जुन १० मा अपिल गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्