काठमाडौं। ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाल काठमाडाैं जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेसनल सिरिज २०२० मा पुरुष एकलतर्फ अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्। प्रिन्सले भारतका खेलाडी आयन रसिदलाई २१-१०, २१-९ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन्।
तर, उनी मिक्स डबल्समा भने पराजित हुन पुगे। रसिला महर्जनलाई जोडी बनाएका प्रिन्स भारतका आयन रसिद र तस्निम मिरसँग २४-२६, २१-१४ र २१-८ ले पराजित हुन पुगे।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकलतर्फ निता लम्साल नेपालकै निलिमा महरालाई २१-१२, २१-६ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भइन्। यस्तै निताले दोहोरो जित निकाल्ने क्रममा गोकुल जोरासँग मिलेर मिक्स डबल्समा नेपालकै नरेन्द्र बम र निलिमा महरालाई २१-१६, २१-१३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन।
पुरुष एकलतर्फको अर्को खेलमा नेपालका नरेन्द्र बम श्रीलङ्काका दुमिन्दु अवेविक्रमासँग २१-७, २१-९ को सोझो सेटमा पराजि हुन पुगे। पुरुष एकलतर्फ भारतका अभिन वशिष्ठले श्रीलङ्काकाका दिगायु कहातापितियालाई २१-१५, २१-८ ले तथा भारतका मिरब लुवाङ्गले आफ्नै देशका शिभम कुमार मिश्रलाई २१-१२, २१-१६ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरे।
दशरथ रङ्गशालाको कभर्डहलमा भएको प्रतियोगितामा रशिला महर्जन एकल प्रतिस्पर्धामा पनि पराजित भइन्। महर्जन मलेसियाकी करुपथेभन लेत्शानासँग २१-१४, २-१२ ले पराजित भइन्। यस्तै सीमा राजबंशी भारतकी अनुपमा उपाध्यायसँग २१-९, २१-७ले पराजित भइन्। महिला एकलतर्फको अर्को खेलमा भारतकी तस्निमा मिरले मलेसियाकी सरन्या कविलानलाई २१-९, २१-३ ले पराजित गरिन्।
पुरुष युगलतर्फ नेपालका अमृत चौधरी र जे.बी. साउदको जोडी नेपालकै डेभिड थापा मगर र युनिश राईको जोडीलाई २१-१६, २१-१२ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरे। अन्य खेलमा नेपाली खेलाडीले पराजय भोगे। श्रीलङ्काकाका दुमिन्दु अवेविक्रमा र दिगायु कहातापितियाको जोडीले नेपालका योगेश खड्का र सत्यम सुब्बाको जोडीलाई २१-१०, २१-१०ले, भारतका आर.बिकास प्रभु र अरुण कार्थिक के.को जोडीले नेपालका गोकुल जोरा र प्रियान्शु सिंह क्षेत्रीको जोडीलाई २१-१०, २१-१८ ले पराजित गर्दै सेमिफाईन प्रवेश गरे।
मिक्स डबल्सतर्फ नेपालका पेम्बा शेर्पा र सिमा राजवंशीको जोडीले अमृत चौधरी र बिष्णा बिष्टको जोडीलाई २१-१४, २१-१० को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरे भने जे.बी. साउद र प्रसुना खत्रीको जोडी भारतका मुरुगप्पा के.एस. र सनिया सिकन्दरको जोडीसँग २१-२, २१-७ ले पराजित हुन पुगे।
प्रतियोगितामा यू-१९ को विधामा मात्र प्रतिस्पर्धा भइरहेको छ।
" /> काठमाडौं। ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाल काठमाडाैं जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेसनल सिरिज २०२० मा पुरुष एकलतर्फ अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्। प्रिन्सले भारतका खेलाडी आयन रसिदलाई २१-१०, २१-९ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन्।तर, उनी मिक्स डबल्समा भने पराजित हुन पुगे। रसिला महर्जनलाई जोडी बनाएका प्रिन्स भारतका आयन रसिद र तस्निम मिरसँग २४-२६, २१-१४ र २१-८ ले पराजित हुन पुगे।

">