म्यानमारमा थप ६३८ जना पक्राउ एजेन्स। म्यानमारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जना पक्राउ परेका छन्। सरकारी अधिकारीहरुकाअनुसार उनीहरुलाई आतंकवादसम्बन्धी ऐनअनुसार पक्राउ गरिएको हो। पक्राउ परेका आन्दोलनकारीहरुलाई विभिन्न झुटा आरोप लगाइएको छ। सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, विभिन्न घरेलु हतियारलगायत बरामद गरेको सुरक्षा निकायले शुक्रबार जनाएको छ। म्यानमारमा गत फेब्रअरी १ देखि संकटकाल लागु गरिएको छ भने नागरिक आन्दोलन पनि जारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्