काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मैदानभित्रै हात हालाहाल गरेका मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबका खलाडीलाई कारबाही गरेकाे छ।
एन्फाको अनुसाशन कमिटीले मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र दोस्रो रोजाईका गोलकिपर अशोक बराललाई पाँच खेलमा निलम्बन गरेको हो। मनाङकै फरवार्ड रञ्जन विष्टलाई दुई खेलका लागि निलम्बन गरेको छ। अशोकलाई विवादकै क्रममा रेफ्री श्रवणकुमार तामाङले रातो कार्ड दिएका कारण उनी ६ खेलका लागि निलम्बनमा परेका छन्।
एन्फाले मछिन्द्र क्लबका दीपक राई, देबेन्द्र तामाङ र विजय धिमाललाई पनि दुई खेलका लागि निलम्बन गरेको छ। एन्फाले मनाङका जगजित र अशोकलाई जनही दश हजार रूपैयाँ जरिवाना पनि गरेको छ। दशरथ रंगशालामा २१ पुसमा खेल सकिनेवित्तिकै मनाङ र मछिन्द्रका खेलाडीबीच झगडा भएको थियो। मनाङका जगजित श्रेष्ठ र मच्छिन्द्रका दीपक राईबीचको भनाभनबाट शुरू भएको विवादले ठूलै रूप लियो।
त्यहीक्रममा मनाङ र मच्छिन्द्रका खेलाडबीच ठेलमठेल भयो। गोल पोष्टपछाडि वार्मअफमा रहेका मच्छिन्द्रका खेलाडी पनि मैदान छिरे भने मनाङको प्लेयर बक्सबाट पनि अशोक र रञ्जनसहित खेलाडी र पदाधिकारी मैदानभित्र छिरे।
मनाङका किट्स म्यानेजर शिव लामालाई एन्फाले लिगको बाँकी सबै खेलका लागि निलम्बनसहित दश हजार नगद रूपैयाँ जरिवाना गरेको छ।
त्यस्तै, एन्फाले खेलाडीलाई अनुशासनमा राख्न नसकेको भन्दै दुबै क्लबलाई ५० हजार रूपैयाँ जरिवाना तोकेको छ। मनाङ ११ अंकका साथ लिगको दोस्रो स्थानमा छ भने मछिन्द्र १० अंकका साथ तेस्रो स्थानमा छ। झगडा परेको दिन दुबै क्लबले २–२ को बराबरी खेलेका थिए।
पढ्नुहोस्
यसरी भयो मनाङ र मच्छिन्द्रका खेलाडीबीच रंगशालामै कुटाकुट (भिडिओसहित)
" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मैदानभित्रै हात हालाहाल गरेका मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबका खलाडीलाई कारबाही गरेकाे छ।एन्फाको अनुसाशन कमिटीले मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र दोस्रो रोजाईका गोलकिपर अशोक बराललाई पाँच खेलमा निलम्बन गरेको हो। मनाङकै फरवार्ड रञ्जन विष्टलाई दुई खेलका लागि निलम्बन गरेको छ। अशोकलाई विवादकै क्रममा रेफ्री श्रवणकुमार तामाङले रातो कार्ड दिएका कारण उनी ६ खेलका लागि निलम्बनमा परेका छन्।

">