पाकिस्तानमा गधाको संख्या तिव्र गतिमा बढ्दै, खरिद गर्दै चीन एजेन्सी। पाकिस्तानमा पछिल्ला प्रत्येक वर्ष गधाको संख्या एक लाखले बृद्धि हुँदै आएको छ। आर्थिक वर्ष२००१÷०२देखि यो क्रम जारी छ। पाकिस्तानको नयाँ आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष२०२०÷२१ सम्ममा गधाको संख्या ५६ लाख पुगेको छ। पाकिस्तान विश्वमा सबैभन्दा बढी गधा हुने तेस्रो मुलुक हो। पाकिस्तानले अधिकांश गधा चीनमा निर्यात गर्दै आएको छ। चीनले गधाको छालाबाट विभिन्न वस्तु र औषधि बनाउने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्