कालोपत्रे गरेको महिना दिन नपुग्दै उप्किएपछि विरोध धनगढी। कैलालीको बर्दगोरिया गाउँपालिका–५ मा काम सम्पन्न भएको महिना दिन नपुग्दै सडकको कालोपत्रे उप्किन थालेपछि स्थानीयवासीले विरोध गरेका छन्। सडकको निर्माणको ठेक्का पाएको बस्नेत बिल्डर्स, कञ्चनपुरबाट गुणस्तरीय काम नगरेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन्। गाउँपालिकाको २७४० मिटर सडक कालोपत्रे गर्न एक करोड ९५ लाख २५ हजार ३ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्