काभ्रे। काभ्रेको नमोबुद्ध नगरपालिका–२ बिपी राजमार्गअन्तर्गत सेल्फिडाँडास्थित आज टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेलबाट भकुण्डेबेसीतर्फ छुटेको वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौंको बा२क ५ नम्बरको मिनी आइचर टिपर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २५० फिट तल खस्दा टिपरमा सवार दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो।
मुत्यु हुनेमा टिपर चालक मकवानपुर जिल्ला टिस्टुङ पालुङ बस्ने २३ वर्षीय अस्बिन विष्ट र ललितपुर जिल्ला चुनीखेल बस्ने २२ वर्षीय विशाल खड्का रहेका छन्।
खड्का सडक विभाग वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौंका सुपरभाइजर रहेको प्रहरीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस
" /> काभ्रे। काभ्रेको नमोबुद्ध नगरपालिका–२ बिपी राजमार्गअन्तर्गत सेल्फिडाँडास्थित आज टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेलबाट भकुण्डेबेसीतर्फ छुटेको वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौंको बा२क ५ नम्बरको मिनी आइचर टिपर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २५० फिट तल खस्दा टिपरमा सवार दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो।

">