आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन हुने कञ्चनपुर। जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिने भएको छ। नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर तीव्ररूपमा फैलिरहेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएपछि आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न लागिएको हो। आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयहरुले नतिजा तयार गर्ने कार्य अगाडि बढाएका छन्। नौवटै स्थानीय तहका विद्यालय आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारीमा जुटेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्