म्यान्मारमा थप ६३८ जना गिरफ्तार एजेन्सी। म्यान्मारमा प्रजातन्त्र पुनस्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका थप ६३८ जनालाई त्यहाँको सैनिक शासकले पक्राउ गरेको छ। उनीहरुलाई आतंकवादी ऐनअनुसार पक्राउ गरिएको म्यानमारका सरकारी अधिकारीहरुले बताएका छन्। पक्राउ परेकामध्ये ४९ जनालाई आगजनी, ६१ जनालाई हत्या, २५६ जनालाई सुरक्षा व्यवस्थामा खलल पुर्याएको तथा विस्फोटन गराएको र २७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको आरोप लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्