कोरोना खोप नलगाउनेको मोबाइल सीम ब्लक गरिने एजेन्सी। पाकिस्तानको पञ्जाबमा केहीले कोरोना खोप लगाउन नमानेपछि त्यहाँको सरकारले खोप नलगाउनेको मोबाइल सीम ब्लक गर्ने निर्णय गरेको छ। पाकिस्तानको पञ्जाब प्रान्तका स्वास्थ्यमन्त्री डा. यास्मीन राशिदको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले जुन १२ बाट १८ वर्षभन्दा माथिकालाई खोप लगाउने निर्णय गरेको छ। पाकिस्तानले यस वर्षको अन्तसम्म ७ करोडलाई खोप लगाउने लक्ष्य राखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्