‘बी एण्ड सी’ मेडिकल कलेजले पायो चिकित्सा शिक्षा अध्यापनको सम्बन्धन काठमाडौं। विवादित रहेको झापाको ‘बी एण्ड सी’ मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापनका लागि चिकित्सा शिक्षा आयोगले सम्बन्धन दिएको छ। आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले सम्बन्धन दिने निर्णय गरेको हो। काठमाडौं विश्वविद्यालयको प्रस्तावमा बी एण्ड सीलाई सम्बन्धन दिएको हो। आयोगको अध्यक्ष प्रधानमन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सहअध्यक्ष रहने व्यवस्था छ। मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्