नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश काठमाडौं। बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं२ र बागमती प्रदेशमा मनसुन आगमन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार एक दुई दिनमै मनसुन देशैभर फैलिने सम्भावना छ। आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा,केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्