अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच भेटवार्ता, अमेरिकी राष्ट्रपतिले उत्तरी आयरल्याण्डको अवस्थतप्रति जनाए चिन्ता एजेन्सी। जी–सेभेन समूहको बैठकमा सहभागी हुन लण्डन पुगेका अमेरिकी राष्ट्रपति जो वाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनबीच आज भेटवार्ता भएको छ। राष्ट्रपति भएपछि वाइडेन र जोनसनको यो पहिलो प्रत्यक्ष भेटवार्ता हो। भेटमा अमेरिकी राष्ट्रपतिले ब्रेक्जीटपछि उत्तरी आयरल्याण्डको अवस्थालाई लिएर गहिरो चिन्ता व्यक्त गरेका छन्। जि–सेभेनको बैठकले गरिब राष्ट्रलाई एक अर्ब डोज कोरोना खोप दिने घोषणा गर्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्