डाँका मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ
सिरहा। डाँका मुद्दामा सजाय पाएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिरहाको कल्याणपुर नगरपालिका-८ अरंगका ४० वर्षीय मोहम्मद मुस्तफा हुसेन मियाँलाई प्रहरीले आज पक्राउ गरेको हो।

मियाँलाई जिल्ला अदालत सिरहाले डाँका मुद्दामा ३० वैशाख २०७१ मा ६ वर्ष कैद र १ लाख ८० हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

अदालतले सजाय र जरिवानाको आदेश गरेको थाहा पाएपछि उनी फरार भएका थिए।

आफ्नै घरमा लुकेर बस्दै आएका मियाँलाई प्रहरीले फैसलाको करीब ६ वर्षपछि पक्राउ गरेको हो।

पक्राउ गरिएका मियाँलाई जिल्ला अदालत सिरहामा बुझाएर फैसला कार्यान्वयनको क्रममा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्