दाउले हानी श्रीमतीको हत्या काठमाडौं। आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले भोजपुर ओख्रे घर भएका ४५ वर्षीय ताकबहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनले ४६ वर्षीया श्रीमती सुर्जामाया तामाङलाई दाउ प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। ताकबहादुर देउमाई नगरपालिका–४ चित्रे डेरा गरी बस्दै आएका थिए। ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्