काठमाडौं। काठमाडौंको नेवार समुदायमा एउटा मिथक निकै लोकप्रिय छ।
दैत्य चण्डासुर नेपालमण्डल निकै राम्रो भएकाले त्रिलोक विजय गर्ने उद्देश्य राख्छन्। उनले नेपालमण्डलमा आक्रमण गर्छन्। निकै शक्तिशाली भएकाले उनीसँग सबै पराजित हुन्छन्। तर, काठमाडौंकी कुमारीलाई जित्न सक्दैनन्।
त्यसैले उनले कुमारीसँग प्रेमको नाटक गर्छन्। छलपूर्वक कुमारीको शक्ति हात पार्ने उनको योजना हुन्छ। अष्टमात्रिकाले यो कुरा थाहा पाएपछि कुमारीलाई चण्डासुरको वध गर्ने जुक्ति दिन्छन्।
सबै माँ तथा अजिमाहरूको बैठकले कुमारीलाई चण्डासुरको वध गर्न भन्छन्।
कुमारीलाई धर्म संकट पर्छ। देशको रक्षा गर्न र प्रेमीलाई मार्ने कि प्रेमीलाई विश्वास गर्दै अघि बढ्ने उनी दोधारमा पर्छिन्।
कुमारीको यही दोमनको कथा अब नाटकका रूपमा हेर्न पाइने भएको छ।

काठमाडौंको शिल्पी थिएटरमा कुमारीको कथालाई नाट्य रूप दिइन थालेको हो। ‘कुमारी दि डान्स ड्रिम’ नाटक २६ पुसबाट मञ्चन हुँदैछ।
चन्द्रमान मुनिकारले यसको कथा तयार पारेका हुन्। डेढ वर्षअघि कथा लेखेर उनले शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजलाई दिएका थिए। त्यसपछि ६ महीना लगाएर घिमिरेले उक्त कथालाई नाटकमा परिणत गरे।
शिल्पी थिएटरमा मञ्चन गरिने नाटकलाई भिजिट नेपाल २०२० का लागि समेत प्रदर्शन गरिनेछ।
नाटकमा कुमारीको भूमिकामा अनिशा श्रेष्ठ तथा दैत्यको भूमिकामा सुदनमन मुनिकार रहेका छन्। त्यस्तै, स्वेतकालीको भूमिकामा ट्रिना कुल, स्वेतभैरवका रूपमा योहाङ राई, ब्रहमाणीमा रश्मी महर्जन, वैष्णवीमा श्रृष्टी शाक्यले अभिनय गरेका छन्।
कौमारीको भूमिकामा भाग्यरथी शाही, महेश्वरीको भूमिकामा नानुमैयाँ महर्जन, इन्द्रायणीको भूमिकामा रित्त दर्शनधारी, बाराहीको भूमिकामा श्रृष्टिना मुनिकार, महालक्ष्मीको भूमिकामा सिर्जना शर्मा रहेका छन्।
१२ जना कलाकारको अभिनय रहेको यो नाटक शिल्पी थिएटरको मञ्चनपछि ‘भिजिट नेपाल २०२०’लाई सहयोग पुर्याउने उद्देश्यले हनुमानढोकामा सार्वजनिक स्थलमा मञ्चन गरिने मुनिकारले बताए।

" /> काठमाडौं। काठमाडौंको नेवार समुदायमा एउटा मिथक निकै लोकप्रिय छ।

">