भारतीय सेना स्वास्थ्य सामाग्री दिने, भारतीय रक्षामन्त्री अतिक्रमित नेपाली भूमिमा बनेको सडकको प्रशंसा गर्ने काठमाडौं। भारतीय सेनाले आज काठमाडौंमा नेपाली सेनालाई स्वास्थ्य सामाग्री दिइरहँदा नयाँदिल्लीमा भने भारतीय रक्षामन्त्री राजनाथ सिंह भारतद्वारा अतिक्रमित नेपाली भूमिमा बनेको सडकको प्रशंसा गरे। भारतद्वारा अतिक्रमति नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पीयाधुराबाट चीनको कैलास मानसरोबर जाने बाटो निर्माण गर्नेको उनले उच्च प्रशंसा गरेका थिए। नेपाली भूमि अतिक्रमण गरी बनाइएको उक्त सडकलाई उनले विश्वस्तरीय निर्माण बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्