काठमाडौं। नेपाली सेनाले आउँदो माघ पहिलो साता एकीकरण मार्ग कार्यक्रम बृहत सेमिनार गर्ने भएको छ।
सैनिक मुख्यालय जंगी अड्डामा हुने कार्यक्रमको २ माघमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्नेछन्।
कार्यक्रममा मन्त्री, पुरातत्वविद, इतिहासविद, भूगोलविद, पर्यटन व्यवसायी, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सेमिनारमा एकीकरण मार्ग कार्यक्रमको अवधारणा, नेपाल भ्रमण वर्ष २०२०मा नेपाली सेनाको सहभागिता, नेपालको ऐतिहासिक गढी तथा किल्लाको प्रोफाइल निर्माण, एकीकरण मार्ग कार्यक्रम सम्बन्धी वृत्तचित्र प्रदर्शन र छलफल समेत गरिनेछ।
सेमिनारको ५ माघमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समापन गर्नेछन्।