चितवनमा अनलाइनमार्फत विद्यार्थी भर्ना लिइने चितवन। विद्यालयहरुले अनलाईनमार्फत भर्ना प्रक्रिया शुरु गर्ने भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार यहाँ रहेका सबै विद्यालयहरुले असार १ गतेदेखि भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन्। कार्यालय प्रमुख भूमिलाल सुवेदीका अनुसार ईन्टरनेटको सुविधा भएको ठाउँमा भर्चुअल माध्यमबाट भर्ना लिइनेछ भने अन्य स्थानमा सामाजिक दूरी कायम गरी भर्ना लिइनेछ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्