दुर्घटनामा परी १८ को मृत्यु, ३० घाइते एजेन्सी। पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन्। उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो। घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्