निषेधाज्ञामा ३७ महिला तथा बालबालिका हिंसाका घटना चितवन। कोभिड–१९ को संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा चितवनमा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाकाअनुसार निषेधाज्ञाको समयमा१५ जना महिलाले आत्महत्या गरेका छन्। घरेलु हिंसाका घटना १३वटा, जबरजस्ती करणीका ३, जबरजस्तीकरणी उद्योगका२, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्तीकरणी र बहुविवाहका१/१ वटा मुद्दा दर्ता भएका छन्।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्