आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ सुर्खेत। प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले कालागाउँबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका तिनै जना नाबालक हुन्। प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्रमुख डा.शंकर रिजाल,डा.यादव उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि सामूहिक हातपात भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्