सरस्वतीलाई हराउँदै त्रिभुवन आर्मी शीर्ष स्थानमा
काठमाडौं। जर्ज प्रिन्स कार्कीले पहिलो हाफमा गरेको गोलमा त्रिभुवन आर्मीले पुछारको सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

त्रिभुवन आर्मीले पाँच खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो। त्रिभुवन आर्मीले पाँचमध्ये चार खेल जितेको छ भने एक खेल हारेको थियो। त्रिभुवन आर्मी मनाङ् मर्स्याङ्दी क्लबसँग पराजित भएको थियो।

मनाङ् ११ अंकका साथ दोस्रो स्थानमा छ भने मछिन्द्र क्लब १० अंकका साथ तेस्रो स्थानमा छ। समान १० अंक जोडेको थ्री स्टार क्लब चौथो स्थानमा छ। सरस्वतीले भने अहिलेसम्म अंक जोड्न सकेको छैन।

भरत खवास चोटका कारण चाँडै मैदान छाडेपछि कप्तानी सम्हालेका जर्ज प्रिन्स कार्कीले ३०औं मिनेटमा त्रिभुवन आर्मी क्लबलाई अग्रता दिएका थिए। दिनेश हेनजनले दिएको सुन्दर पासलाई जर्ज प्रिन्स कार्कीले दायाँ खुट्टाले पोष्टको दिशा दिएका थिए।

चोटका कारण भरत खवासले १२औं मिनेटमा मैदान छाडेका थिए। उनको स्थानमा टेकबहादुर बुढाथोकी मैदान छिरेका थिए। भरत निस्किएपछि मिडफिल्डबाट खेलेका जर्ज प्रिन्स कार्कीले फरवार्डमा खेलेका थिए।

७३औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा नवयुग श्रेष्ठले गरेको हेड थोरैले बाहिरिँदा आर्मी क्लबले अग्रता दोब्बर बनाउने राम्रो मौका गुमायो। लत्तगै नवयुगको पासमा टंक बस्नेतले ‘वान भर्सेस वान’ मा गोल गर्न चुके। टंकको प्रहार सरस्वती युथका गोलकिपर प्रदीप भण्डारीले बचाइदिएका थिए।

प्रतिक्रिया दिनुहोस्