काठमाडौं। बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको सदस्य नरहेको घोषणा गरेका छन्।
दुबै जनाले संयुक्त विज्ञप्ती जारी गर्दै आफूहरू आइन्दा राजपरिवारको सदस्य नरहेको र अब स्वतन्त्र जीवन बाँच्ने घोषणा गरेका हुन्। राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने उनीहरूको घोषणा छ।
उनीहरूले यूके र उत्तर अमेरिका दुबैतिर समय व्यतित गर्ने जनाएका छन्। यो निर्णय गर्नुअघि उनीहरूले महारानी एलिजावेथ वा राजकुमार विलियम कसैसँग पनि परामर्श नगरेको र बकिङ्घम प्यालेस त्यसबाट निराश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
महीनौंदेखिको छलफल र आन्तरिक संवादपछि यो निर्णय लिएको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्। “हामी आइन्दा शाही परिवारको वरिष्ठ सदस्य रहने छैनौं। आर्थिक रूपमा स्वतन्त्र बन्नका लागि काम गर्नेछौं” विज्ञप्तिमा उल्लेख गरिएको छ।
ह्यारी र मेगनले महारानी लगायत परिवारका ज्येष्ठ सदस्यहरूप्रतिको दायित्व भने निभाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन्। उनीहरूको निर्णयलाई अप्रत्याशित भनिएको छ। महारानीका भूतपूर्व प्रेस सेक्रेटरी डेक्की अर्बिटर उनीहरूले आफ्नो योजनालाई कसरी कार्यान्वयनमा लैजान्छन् भन्ने भविष्यमा थाहा हुने बताए।
ह्यारी पहिल्यैदेखि राजपरिवारका अन्य सदस्यभन्दा फरक थिए। उनी एक्लै विभिन्न ग्रामीण क्षेत्रहरूको भ्रमणमा पुगिरहन्थे। विवाहपछि उनलाई मेगनले निकै साथ दिएकी छन्। उनीहरू परम्परागत ढर्राको राजसंस्थामा नयाँपन दिन चाहन्थे।
केही महीना अगाडिदेखि शाही जीवनशैलीप्रति उनीहरूको असन्तुष्टि सार्वजनिक भएको थियो। साथै, ब्रिटिश मिडियामहरूसँग पनि उनीहरूको टकराव चलिरहेको बीबीसीले जनाएको छ।
उनीहरू दुवैजनाले १९ मे २०१८ मा बिहे गरेका थिए। हलिउड अभिनेत्री समेत रहेकी मेगन २०१६ देखि नै ह्यारीको प्रेमका थिइन्। क्रिस्मसको बेला राजपरिवारको जिम्मेवारीबाट ६ हप्ताको बिदा लिएर छोरासहित ह्यारी दम्पती क्यानडा गएका थिए। उनीहरूले गत मे महीनामा छोरा आर्चीलाई जन्म दिएका थिए।