काठमाडौं। गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ठमेलबाट दुईजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले २३ पुस ९ बजे बाग्लुङ ढोरपाटन–६ (हाल काठमाडौं ग्रिनल्याण्ड) का ३१ वर्षीय देवेन्द्रबहादुर घर्ती र धादिङ नीलकण्ठ–३ (हाल काठमाडौं नयाँबजार) का २४ वर्षीय सुजन पौडेललाई पक्राउ गरेको हो।
हातहतियार देखाउने र धाकधम्की दिई त्रास पैदा गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घर्तीमगर ज्यान मार्ने उद्योगमा चार वर्ष जेल सजाय भोगेका व्यक्ति हुन् भने पौडेल पनि ज्यान मार्ने उद्योगमा सात महीना धादिङमा र चार महीना नुवाकोटमा सजाय काटिसकेका व्यक्ति हुन्।
थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।
" /> काठमाडौं। गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ठमेलबाट दुईजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले २३ पुस ९ बजे बाग्लुङ ढोरपाटन–६ (हाल काठमाडौं ग्रिनल्याण्ड) का ३१ वर्षीय देवेन्द्रबहादुर घर्ती र धादिङ नीलकण्ठ–३ (हाल काठमाडौं नयाँबजार) का २४ वर्षीय सुजन पौडेललाई पक्राउ गरेको हो।

">