डाेटी। तीन दिनदेखिको लगातारको वर्षातका कारण पहिरो आउँदा अवरुद्ध भएको अछाम डोटी जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग सञ्चालन भएको छ। उक्त राजमार्गको सिलगढीस्थित उडितोला नजिक गयराति पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए।
पहिरोले राजमार्ग अवरुद्ध हुँदा अछाम, बाजुराबाट तराई जान आएका एक दर्जन सवारी साधन बीच बाटोमै रोकिएका थिए। जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएका प्रहरी, स्थानीयवासीको पहलमा उक्त राजमार्ग अहिले सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटी प्रहरीले जनाएको छ।
राजमार्ग सञ्चालन भएपछि सवारीसाधन तथा यात्रु अहिले आफ्नो गन्तव्यतिर लागेका छन्। त्यसैगरी हिमपातका कारण आज बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्तराजमार्ग पनि सञ्चालन भएको छ। लगातार बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा बन्द भएको थियो भने सयौँ यात्रु अलपत्र परेका थिए।
सडक डिभिजन कार्यालयको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाइएपछि यातायात सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय बुडर डोटीका प्रहरी प्रमुख कर्ण रौलेले जानकारी दिए।
डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको मुख्य राजमार्ग रहेको उक्त भीमदत्त राजमार्गमा यातायात सेवा बन्द भएको ट्राफिक प्रहरी चौकी बुडर डोटीले जनाएको छ। भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साहुँखर्क तथा डोटीको गैरा क्षेत्रमा बाक्लो हिउँ जमेका कारण राजमार्ग अवरुद्ध भएको गैराका स्थानीय मोहन मल्लले जानकारी दिए। रासस
" /> डाेटी। तीन दिनदेखिको लगातारको वर्षातका कारण पहिरो आउँदा अवरुद्ध भएको अछाम डोटी जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग सञ्चालन भएको छ। उक्त राजमार्गको सिलगढीस्थित उडितोला नजिक गयराति पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए।पहिरोले राजमार्ग अवरुद्ध हुँदा अछाम, बाजुराबाट तराई जान आएका एक दर्जन सवारी साधन बीच बाटोमै रोकिएका थिए। जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएका प्रहरी, स्थानीयवासीको पहलमा उक्त राजमार्ग अहिले सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटी प्रहरीले जनाएको छ।

">