काठमाडौं। अजयी मार्टिनको दुई गोलप्रेरित संकटाले शहीद स्मारक 'ए' डिभिजन लिगमा सशस्त्र प्रहरी बल(एपीएफ) क्लबलाई ४–२ ले पराजित गरेको छ।
जितसँगै संकटाको सात अंक भएको छ। संकटाले पाँच खेलमा दुई खेल जितेको छ भने दुई खेल बराबरी र एक खेल हारेको छ। एपीएफको भने चार अंक छ।
लक्ष्मण रूचालले फ्रिकिकमा गोल गर्दै संकटालाई अग्रता दिएका थिए। पहिलो हाफ सकिन एक मिनेट बाँकी कर्ण लिम्बुले अग्रता दोब्बर बनाए। अजयी मार्टिन कायोदेले हेडमार्फत् दिएको पासमा कर्णले दायाँ खुट्टाले हानेको प्रहार एपीएफका गोलकिपर अमृत चौधरीले रोकिदिएका थिए। तर, रिबाउन्डमा प्राप्त बलमा कर्णले कुनै गल्ती गरेनन्। कर्णले बायाँ खुट्टाले हानेको बल गोलमा एपीएफका गोलकिपरले रोक्न सकेनन्।
दोस्रो हाफको शुरूमै थप आक्रामक बनेको संकटाले अग्रता बनाउने राम्रो मौका खेर फाल्यो। पेनाल्टी क्षेत्रमा अनमार्क रहेका कर्णले गोल गर्न सकेनन्। रिबाउन्डमा प्राप्त बललाई लक्ष्मणले पनि गोलमा परिणत गर्न सकेनन्। त्यही बलमा अजयी मार्टिनले हानेको प्रहारले पनि पोष्टको दिशा लिन सकेन।
तर, मार्टिनले ५३औं मिनेटमा पाएको अवसर भने खेर फालेनन्। मासोउके मारिइको क्रस एपीएफका गोलकिपर अमृतले नियन्त्रणमा लिन नसकेको बललाई मार्टिनले हेडमार्फत् गोल गरे।
५६औं मिनेटमा एपीएफले पेनाल्टीमा गोल गर्दै गोल अन्तर कम गरे। आशिष तामाङलाई विष्णु सुनारले फाउल गरेपछि रेफ्री कबिन ब्यञ्जनकारले एपीएफलाई पेनाल्टी अवसर दिएका थिए। पेनाल्टीमा नवीन लामाले कुनै गल्ती गरेनन्।
७२औं मिनेटमा आशिषले अर्को गोल थपेपछि एपीएफले पुनरागमनको संकेत गरेको थियो। नवीन लामाले हेडमार्फत् मिलाइदिएको पासमा आशिषले दायाँ खुट्टाले हानेको सशक्त प्रहार संकटाका गोलकिपर विनय श्रेष्ठले ठम्याउन सकेनन्। त्यसपछि एपीएफले संकटामाथि निरन्तर दबाब दियो।
तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा संकटाका मार्टिनले अर्को गोल थपिदिएपछि एपीएफको अंक लिने सपना सफल हुन सकेन।
" /> काठमाडौं। अजयी मार्टिनको दुई गोलप्रेरित संकटाले शहीद स्मारक 'ए' डिभिजन लिगमा सशस्त्र प्रहरी बल(एपीएफ) क्लबलाई ४–२ ले पराजित गरेको छ।जितसँगै संकटाको सात अंक भएको छ। संकटाले पाँच खेलमा दुई खेल जितेको छ भने दुई खेल बराबरी र एक खेल हारेको छ। एपीएफको भने चार अंक छ।

">