इराकका दुई सैनिक क्याम्पमा मिसाइल हमला एजेन्सी। इराकका दुई सैनिक क्याम्पमा मिसलाइल हमला भएको छ। क्याम्पमा अमेरिकी नेतृत्वको गठबन्धन सेना र त्यसअन्तर्गत काम गर्ने विदेशी कर्मचारी बस्छन्। इराकी सेनाका अनुसार, बुधबार तीनवटा रकेट उत्तरी बगदादको एयरबेसलाई निशाना बनाएर प्रहार गरिएको थियो। यसबाट भएको जनधनको नोक्सानीबारे केही बताइएको छैन। त्यसको केहीबेरमै बगदाद हवाईअड्डास्थित सैनिक क्याम्पमा मिसाइल खसेको थियो। सैनिक स्रोतका अनुसार, त्यो ड्रोन हमला थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्