अवैध रूपमा ढुङ्गागिट्टी उत्खनन गर्ने पाँच टिपर नियन्त्रणमा लहान। अवैध रूपमा ढुङ्गागिट्टी उत्खनन् गर्ने पाँचवटा टिपरलाई सिरहाको गोलबजारबाट प्रहरीले नियन्त्रणमा लिएको छ। चुरे क्षेत्रमा अवैध रूपमा ढुङ्गागिट्टी उत्खनन् गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका टिपर आवश्यक कारबाहीका लागि नगरपालिकालाई बुझाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले बताए।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्