रक्षा सम्बन्ध मजबुत पार्दै अस्ट्रेलिया–जापान एजेन्सी। अस्ट्रेलिया र जापानका विदेश तथा रक्षा मन्त्रालय दुई देशबीचको रक्षा सम्बन्ध मजबुत पार्न सहमत भएका छन्। दुवै देश चीनको आक्रामक नीतिलाई लिएर चिन्तित छन्, त्यसैले एकआपसमा रक्षा सम्बन्ध मजबुत पार्न सहमत भएका हुन्। एसिया–प्रशान्त क्षेत्रका विवादित स्थानमा चीनको बढ्दो उपस्थितिलाई दृष्टिगत गर्दै दुई देशले यो कदम चालेका हुन्। जापान र चीनबीच समुद्रमुनिका संसाधनलाई लिएर पनि विवाद छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्