चिसो बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द
<p>दाङ। अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।</p>
<p>चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।</p>
<p>उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकूद महाशाखाले बुधबार एक सूचना जारी गर्दै वर्षे बिदा कट्टी हुने गरी दुई दिन विद्यालय बिदा दिएको जनाएको छ।</p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्
