इटहरीमा नेपालकै पहिलो स्मार्टपार्किङ्ग
इटहरी। नेपालमै पहिलो पटक इटहरीमा स्मार्ट पार्किङ्ग निर्माणको प्रक्रिया शुरु भएको छ।
साढे चार महीनासम्ममा स्मार्ट पार्किङ्ग संचालनमा आउने इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेले बताए।
त्यहाँ एक सय वटा हल्का सवारी साधन पार्क गर्न सकिने छ।
संघीय सरकारले समपूरक योजनाअन्तर्गत पाँच करोड २० लाख रकम विनियोजित भइसकेको छ।
करीब १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुनेछ।
सवारीधनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफ्टवेयरले नै एक क्लिकमा एक मिनेटमै खाली भएको ठाँउमा पठाउने छ।
पछि एक मिनेटमानै पहिला भएको ठाँउमा ल्याइदिने छ।
यो सिस्टम सवै अटोमेटिक हुनेछ। गाडी धुने स्मार्ट वास र कफिसपको सुविधा पनि स्मार्ट पार्किङ्गस्थलमा रहने उपमहानगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्