काठमाडौं। नेपालका लेग स्पिनर सन्दीप लामिछाने अहिले अस्ट्रेलियामा बिग बास लिग खेल्न व्यस्त छन्। नेपाल भ्रमण वर्ष २०२० लाई प्रचार गर्नका लागि मेलबर्न स्टार्सबाट खेल्ने सन्दीपले आफ्नो जुत्तामा ‘भिजिट नेपाल २०२०’ लेखेका छन्।
सन्दीपले आज सिड्नी थन्डरविरुद्धको खेलमा जुत्ताको एकापट्टि भागमा ‘भिजिट नेपाल २०२०’ लेखेका छन् भने अर्को भागमा अस्ट्रेलियामा भइरहेको आगलागीमा सद्भाव व्यक्त गर्दै ‘बुसफायर हिरोज’लेखेर नमस्कारको संकेत कोरेका छन्।
फ्रेन्चाइज लिगको नियमानुसार जर्सीमा यस्तो संकेत राख्न नमिल्ने भएका कारण सन्दीपले जुत्तामा यस्तो लेखेका हुन्।
सन्दीपको टोली मेलबर्न स्टार्सले आगलागीबाट प्रभावितहरूका लागि ‘फण्ड’ संकलन गर्नका लागि खेलाडीले थन्डरविरुद्ध लगाएको जर्सी हस्ताक्षरसहित अक्सनमा राखेको छ। त्यसमा सन्दीपले लगाएको २५ नम्बरको जर्सीको आधारमूल्य ५१० अस्ट्रेलियन डलर रखिएको छ। कप्तान ग्लेन म्याक्सवेलको जर्सीको आधारमूल्य सबभन्दा धेरै चार हजार अस्ट्रेलियन डलर राखिएको छ।
सन्दीपले जारी लिगको ६ खेलमा ६ विकेट लिइसकेका छन्। सन्दीपको टिम मेलबर्न स्टार्स १२ अंक शीर्ष स्थानमा छ। दोस्रो स्थानको सिड्नी सिक्सर्सको पनि १२ अंक छ। तथापि सिक्सर्सले एक खेल बढी खेलेको छ।
" /> काठमाडौं। नेपालका लेग स्पिनर सन्दीप लामिछाने अहिले अस्ट्रेलियामा बिग बास लिग खेल्न व्यस्त छन्। नेपाल भ्रमण वर्ष २०२० लाई प्रचार गर्नका लागि मेलबर्न स्टार्सबाट खेल्ने सन्दीपले आफ्नो जुत्तामा ‘भिजिट नेपाल २०२०’ लेखेका छन्।

">