काठमाडौं। ७ पुसमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई चीन पठाउने बिहानैदेखि तयारी थियो।
महाराजगन्ज प्रहरी वृत, महानगरीय प्रहरी परिसर र सिंहदरबार लगायतका क्षेत्रमा राखिएका उनीहरूलाई पठाउने तयारीमा अध्यागमन कार्यालय र प्रहरी लागेको थियो।
चिनियाँ दूतावासले नेपालमा पक्राउ परेका उनीहरूलाई लैजान दुईवटा जहाज नै चार्टर्ड गरेको थियो। दिउँसोदेखि नै चीन पठाउन आवश्यक काम भइरहेको थियो।
चीनको कुन्मिङबाट चाइना इस्टर्नको उडान नम्बर ७१७६ र चाइना साउदर्नको उडान नम्बर सीजेड ३००२ आज बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। चिनियाँ नागरिकको साथबाट बरामद् भएका सामान भने दिउँसो नै विमानस्थल पुर्याइसकिएको थियो।
चाइना साउदर्नमा ८० र चाइना इस्टर्नमा ४२ जनालाई फिर्ता पठाइएको प्रहरीले जनाएको छ। पहिले चाइना इस्टर्न उडेको थियो। त्यसको केही समयपछि साउदर्न उडेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले बस र अन्य सवारीसाधनमा उनीहरूलाई विमानस्थल पुर्याएको थियो। सबैलाई हत्कडी लगाएर नै लगिएको थियो।
नेपालमा पक्राउ परेका १२२ जनालाई लैजान चिनियाँ प्रहरीको आठ सदस्यीय टोलीसमेत केही दिन अघि काठमाडौं आएको थियो। आज नेपाल प्रहरी र अध्यागमन विभागसँग आवश्यक समन्वय पश्चात उनीहरूलाई चिनियाँ प्रहरीले दुई छुट्टा–छुट्टै विमानमा लगेर गएको हो।
चिनियाँ प्रहरीले उनीहरूलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्ने जनाइएको छ। पक्राउ परे लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो। काठमाडौं जिल्ला अदालतले जनही एकहजार जरिवाना गरेर छाड्न आदेश दिएको थियो।
लगत्तै अध्यागमन विभागको नियन्त्रणमा उनीहरूलाई राखिएको थियो। अध्यागमन विभागले पक्राउ परेका १२२ मध्ये ३४ जनालाई दुई हजार र बाँकी ८८ जनालाई एक हजार जरिवाना र चार वर्ष प्रवेश निषेध गर्दै फिर्ता लैजान भनेको हो।
नेपालस्थित चिनियाँ दूतावासले नै उनीहरूको जरिवाना रकम बुझाएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्वमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्तरूपमा काठमाडौंका विभिन्न स्थानका ९ वटा घरबाट उनीहरूलाई पक्राउ गरेको थियो।
पक्राउ परेकाहरूले नेपालमै बसेर चीनविरुद्ध विभिन्न अपराध गर्ने गरेको खुलेको छ। त्यहाँका प्रमुख बैंकहरूको रकम निकाल्ने, अनलाइन जुवा खेलाउने, व्यक्तिगत सूचना चोरेर धम्काउने तथा फिरौती उठाउने र अश्लील सामग्री देखाएर रकम लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।
‘चार्ली फक्स्टर’ नाममा चलाइएको अप्रेशनमा चिनियाँको साथबाट ७४७ थान मोबाइल, ल्यापटप ३३१, सिपियु ९८, मोनिटर ९९, पेन्ड्राइभ २२, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान बरामद् गरिएको थियो।
" /> काठमाडौं। ७ पुसमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई चीन पठाउने बिहानैदेखि तयारी थियो।महाराजगन्ज प्रहरी वृत, महानगरीय प्रहरी परिसर र सिंहदरबार लगायतका क्षेत्रमा राखिएका उनीहरूलाई पठाउने तयारीमा अध्यागमन कार्यालय र प्रहरी लागेको थियो।

">