काठमाडौं। इरान–अमेरिका तनावको प्रभाव मध्यपूर्वी देशहरूमा रहेका नेपालीमा पनि पर्न सक्ने आकलन गरी परराष्ट्र मन्त्रालयले आफ्ना कूटनीतिक नियोग र महावाणिज्यदूतका कार्यालयहरूलाई उच्च सतर्कता (हाई अलर्ट)मा रहन निर्देशन दिएको छ।
इरान–अमेरिका आमनेसामने भएपछि २० पुसमा नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा श्रममन्त्री रामेश्वर राय यादव, परराष्ट्र सचिव शंकरदास वैरागी र श्रम मन्त्रालयका सचिव विनोद केसी लगायतको उपस्थितिमा छलफल गरी कूटनीतिक नियोग र महावाणिज्यदूतका कार्यालयहरूलाई तीन बुँदे निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्यालले देखापढीलाई जानकारी दिए।
अमेरिकाले हवाई आक्रमणबाट इरानका सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि दुई देशबीच उत्पन्न तनाव अहिले उत्कर्षमा छ। आफ्ना सैन्य प्रमुख मारिएको जवाफमा इरानले इरबिल र अल–अशद शहरमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा एक दर्जनभन्दा बढी मिसाइल प्रहार गरी अमेरिकी सेनाको हत्या गरेको दाबी गरेको छ।
इराकका छिमेकी देशहरू इरान–अमेरिका तनावको चेपुवामा छन। यूनाइटेड अरब इमिरेटस् (यूएई) र साउदी अरबमा समेत इरान–अमेरिका तनावको बाछिटा पुगिसेको छ। कुनै पनि बेला ती देशहरूमा समेत आक्रमण हुनसक्ने आकलन हुन थालेको छ।
वैदेशिक रोजगारीका लागि दुबई र साउदी अरबमा लाखौं नेपालीहरू कार्यरत छन्। त्यसैगरी, इजरायल, लेबनान, जोर्डन र सिरियामा पनि वैदेशिक रोजगारीका लागि नेपालीहरू पुगेका छन्। इराक-अमेरिका तनावकाे असर अफगानिस्तान, अजरबैजान लगायतका देशमा केही क्षेत्रमा पनि पर्न सक्ने आकलन विदेशी सञ्चार माध्यममा आएका छन्।
त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षामा ध्यान दिन र समस्या परेमा जुनसुकै बेला उद्धार गर्न सक्ने तयारी अवस्थामा रहन कूटनीतिक नियोगलाई निर्देशन दिइएको सहसचिव पौड्यालले जानकारी दिए।
परराष्ट्र मन्त्रालयको जारी गरेको निर्देशनमा ती देशहरूको परिस्थितिको मूल्यांकन गरी नियमित रूपमा परराष्ट्र मन्त्रालयमा जानकारी गराउन भनिएको छ। त्यसैगरी, मध्यपूर्वी देशहरूमा रहेका नेपाली नागरिकसँग नियमित र निकट सम्पर्कमा रहन र नेपाली नागरिकलाई पनि नेपाली नियोगहरूसँग नियमित सम्पर्कमा रहन अनुरोध गर्न भनिएको छ।
त्यसैगरी, मध्यपूर्वी देशहरूमा रहेका नेपालीहरूलाई अति आवश्यक पर्दा बाहेक धेरै लामो यात्रामा ननिस्कन पनि परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ।
कूटनीतिक नियोगले दिएको रिपोर्टको बारेमा छलफल गरी आवश्यक योजना बनाउनको लागि भोलि, २४ पुसमा परराष्ट्रमन्त्रीको समन्वयमा पुनः बैठक बस्न लागिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
पढ्नुस
राष्ट्रसंघीय मिसनमा कार्यरत आफ्ना युनिटलाई सुरक्षा सतर्कता अपनाउन नेपाली सेनाको निर्देशन