सिरहामा लागुऔषधसहित दुईजना पक्राउ
सिरहा। भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
को ३१ प ४१८४ नम्बरको मोटरसाइकलमा भारतबाट आउँदै गर्दा सिरहा नगरपालिका–१, शिवचौकमा चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषधसहित साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक योगेश दाहालले बताए।
उनका अनुसार प्रतिबन्धित लागुऔषध कोरेक्स ६ पिस, नाइट्राभेट ट्याब्लेट १२ पिस बरामद् छ। त्यस्तै चार हजार २२० नेपाली रूपैयाँ, दुई थान मोबाइल सेट, चाँदीको ब्रासलेट एक थान, सुनको सिक्री एक थान, घडी दुई थान, सक्कल नेपाली नागरिकता दुई थान, नेपाली राहदानी दुई थान बरामद गरिएको डिएसपी दाहालले बताए।
यस्तै बरियारपट्टि गाउँपालिका-३ मा चेकजाँचको क्रममा लागुऔषधसहित एकजना पक्राउ परेका छन्। स २ प ८८७६ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा बरियापट्टी–१ का २६ वर्षीय मोहम्मद आशिक अन्सारीलाई प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ। प्रतिबन्धित लागुऔषध नाइट्राभेट ३० ट्याब्लेट, कोरेक्स दुई बाेतल, रिसकफ दुई बाेतल र स्पास्मो आठ क्याप्सुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्