उपत्यकामा महँगियो तरकारीको भाउ
काठमाडौं। चाडपर्व नजिकिएसँगै तरकारीको भाउ अचाक्ली बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार २० दिनमा तरकारीको होलसेल मूल्य २ सय ८९ प्रतिशतसम्म वृद्धि भएको छ।

व्यवसायीले वर्षा र भारतमा मूल्यवृद्धि भएको कारण देखाउँदै तरकारीको मुल्य अस्वाभाविक रुपमा बढाएको आजको कान्तिपुरमा खबर छ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षात्ले हरियो सागमा क्षति पुगेर महँगो भएको बताए। तर मुल्य वृद्धि हरियो सागमा मात्र नभएर अधिकांस तरकारीमा भएको छ।

२० भदौमा ४५ रूपैंयामा विक्रि भएको भेडे खुर्सानी १० असोजमा २८९ प्रतिशत बढेर होलसेलमै १७५ रूपैंया पुगेको छ। बोडी (तुने) को २२७ प्रतिशतले बढेर ९८ रूपैंया पुगेको छ। घिउ सिमीमा १३८ प्रतिशतले बढेर ९५ रूपैंया, तीते करेला १८८ प्रतिशतले बढेर ८५ रुपैंया पुगेको छ। हरियो प्याजको मूल्य १०९ प्रतिशतले बढेर ११५ रुपैंया, रायोको साग १६४ प्रतिशत बढेर १४५ रूपैंया पुगेको छ।

जथाभावी मुल्यवृृद्धिले उपभोक्तालाई मर्का परे पनि सरेकारवाला निकायहरुले अनुगमनका लागि चासो दिएका छैनन्।

अनुगमन प्रभावकारी नबन्दा वर्षाको कारण देखाउँदै विचौलियाहरुले फाइदा उठाएको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्