विज्ञापन नियमन गर्ने ऐनविरुद्ध सर्वाेच्च अदालतमा रिट
काठमाडौं। विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐन, २०७६ विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ।

आज अधिवक्ता अनन्तराज लुईंटेलले मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सर्वाेच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दायर गरेका हुन्।

संविधानको धारा १९ ले मिडियामा पूर्वप्रतिबन्ध लगाउन नपाइने व्यवस्था गरेकाे तथा ऐन  संविधान धारा १७(२)(क) एवं धारा २७४ (१०) प्रतिकूल भएको दाबीसहित रिट दायर भएको हो।

आज दर्ता भएको रिटको प्रारम्भिक पेसी २५ पुसमा तोकिएको अधिवक्ता लुईंटेलले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्