घुस लिएको आरोपमा मालपोतका खरिदार पक्राउ <p>परासी। सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीस्थित भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार नेत्रबहादुर चौधरीलाई आज नियन्त्रणमा लिएको छ।</p> <p>मोही जग्गा बाँडफाँडमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ४० हजार रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियारले जनाएको छ। सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले आज दिउँसो कार्यालय परिसरबाटै भूमिसुधार शाखाका खरिदार चौधरीलाई रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्